Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी, प्रचण्डको कमाण्डमा जुलुस निकालिने

    सरकारविरुद्ध आज सडकमा उत्रिदैँ माओवादी, प्रचण्डको कमाण्डमा जुलुस निकालिने

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 222
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गर्दैछ ।

    केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेको हो । खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुनेछ ।



    बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पुरा भएको उपत्यका विशेष समितिले जनाएको छ ।



    आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् ।

    जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार