Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ग्यास आपूर्ति सहज बनाउन निर्देशन

    ग्यास आपूर्ति सहज बनाउन निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौँ । नेपाल आयल निगमले नजिकिँदै गरेको तिहार र छठमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ ।

    निगमले शुक्रबार एलपी ग्यास उद्योग सङ्घलाई पत्र पठाएर तिहार र छठ पर्वमा अन्य समयमा भन्दा बढी ग्यासको खपत बढ्ने भएकाले आपूर्ति व्यवस्था सहज मिलाउन निर्देशन दिएको हो ।



    निगमले उद्योगीलाई तोकिएको पर्चेज डेलिभरी अर्डर (पिडिओ) कोटा अनुसार समयमै माग गर्न र निगमबाट प्राप्त पिडियो सम्बन्धित रिफाइनगरीमा गई समयमै लोड गराउने प्रबन्ध मिलाउन भनेको छ ।



    यस्तै भारतका रिफाइनरीबाट लोड भएका बुलेट चाँडोभन्दा चाँडो भन्सार बिन्दुमा ल्याई पास गर्ने व्यवस्था मिलाउन तथा भन्सार पास गर्ने प्रयोजनार्थ बुलेटहरूको चलान र बिलिङ गर्न आवश्यक रकम समयमै आफ्नो खातामा जम्मा गर्ने व्यवस्था गर्न निगमले व्यवसायीलाई निर्देशन दिएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार