Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज कार्तिक १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    आज कार्तिक १० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 516
    SHARES

    काठमाडौं । आज २०८१ साल कार्तिक १० गते शनिबारको राशिफल ।

    मेष



    आज वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता नमिल्ला । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।



    मिथुन

    आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

    सिंह

    आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्रामा सामान पनि हराउन सक्छ ।

    तुला

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

    धनु

    मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।

    कुम्भ

    व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    बृष

    शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भइएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ ।

    कर्कट

    आज कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक कार्य र समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

    कन्या

    शुभकार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन हुनेछ, तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।

    बृश्चिक

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।

    मकर

    आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

    मीन

    आज मान प्रतिष्ठामा वृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार