Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रकम हिनामिनाको आरोपमा माहावीर समूहका नेताले गरे सहकर्मीको हत्या

    रकम हिनामिनाको आरोपमा माहावीर समूहका नेताले गरे सहकर्मीको हत्या

    दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 204
    SHARES

    कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर समूहका नेताहरुले आफनै सहकर्मीको हत्या गरेका छन् ।

    चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै जय प्रकाश (दिनेश) यादवको हत्या गरिएको हो । सो समुहका ९-१० जना नेताहरु मिलेर कपिलवस्तुका नगरपालिका वडा नम्बर १० तेनुवाका ४५ वर्षीय यादवको गत कार्तिक २ गते हत्या गरेका थिए ।



    सो समूहको विजयनगर गाउँपालिकाका तथा ईलाका नम्बर १० का ईन्चार्ज समेत थिए । गुप्ताको शव विजयनगर गाउँपालिका २ क खडैचा स्थित चिरईखोलाको भैसीघाटमा सडेगलेको अवस्थामा कार्तिक ४ गते फेला परेको थियो ।



    हत्या आरोपमा प्रहरीले सोही समूहका सक्रेटरी कमरेड भूमि भन्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ का सेरेनाका ४७ वर्षीय रमेश श्रेष्ठ र सोही समूहकी महिला विभागकी प्रमुख गीता भन्ने कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैया की ४६ वर्षीया मनकला थारु पक्राउलाई पक्राउ गरेको छ ।

    रमेश घटनाको मुख्य योजनाकार रहेको र मनकला हत्यामा प्रयोग भएका हतियार ल्याउने र लुकाउने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    चन्दा संकलन गरेको रकमको हिसाबकिताब दिन आनकानी गरेको भन्दै उक्त समूहको केन्द्रीय निर्देशन अनुसार नै यादवको हत्या गरेको पक्राउ परेका दुवै जनाले प्रहरी समक्ष बयान दिएको कपिलवस्तु प्रहरीले जनाएको छ । हत्या भएको २ दिनपछि मात्र शव भेटिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार