Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • उत्पादन बढाउन चौरपाटीमा कृषकहरुको माटो परीक्षण

    उत्पादन बढाउन चौरपाटीमा कृषकहरुको माटो परीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 519
    SHARES

    अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ र २ का कृषकहरूको खेतबारीको माटो परीक्षण गरिएको छ ।

    गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ नेपालको साझेदारीमा सञ्चालित जलवायु स्मार्ट परियोजना अन्तर्गत माटो परीक्षण गरिएको हो ।



    माटो परीक्षणको मुख्य उद्देश्य माटोमा रहेको उर्वराशक्ति र पोषक तत्वको पहिचान गरी उपयुक्त मल र पोषक तत्वहरूको प्रयोग तथा व्यवस्थापन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउनु रहेको मालिका विकास संघ नेपालले जनाएको छ ।



    यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

    कृषकहरूलाई माटोको पोषणस्तरका आधारमा उपयुक्त मल र पोषक तत्वको प्रयोगसम्बन्धी सल्लाह प्रदान गरिने मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले जानकारी दिए ।

    कठरियाका अनुसार बिहीबार र शुक्रबार वडा नं. १ का ९४ र वडा नं. २ का ८५ गरी जम्मा १७९ कृषकको खेतबारीबाट नमुना माटो परीक्षण गरिएको छ । कञ्चनपुरस्थित माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा वडा नम्बर १ को गैरीलेकमा नमुना संकलन र परीक्षण गरिएको हो ।

    जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा परेको नकारात्मक प्रभावलाई सम्बोधन गर्दै, जलवायु मैत्री गाउँ परियोजना (Climate Smart Village Project) ले कृषकहरूलाई कृषि प्रविधि, जलस्रोत ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु र कृषि सम्बन्धि तालिमहरु प्रदान गर्दै आएको छ ।

    वातावरणीय सुधार प्रणाली अपनाउन प्रेरित गर्दै परियोजनाले उत्पादनशीलता बढाउन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको यो परियोजनाले कृषकहरूलाई दीर्घकालीन रूपमा लाभ पु¥याउने विश्वास गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार