Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतमा के गर्दै छन् कांग्रेसका महामन्त्री गगन थापा ?

    भारतमा के गर्दै छन् कांग्रेसका महामन्त्री गगन थापा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 234
    SHARES

    काठमाडौं । भारतको भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालबाट भारत निर्यातमा आएको समस्या समाधानमा भइरहेका पहल लगायतका विषयमा छलफल गरेको बताएका छन् ।

    उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका कर्मचारीसँग सो विषयमा छलफल भएको जानकारी गराएका हुन् ।



    साथै उनले भारतमा बसोबास गर्ने नेपालीहरूको अवस्थाबारेमा पनि अन्तरक्रिया गरेको बताए ।



    यसैगरी नेपाल-भारत व्यापार लगायतका विषयमा दूतावासका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको उनको भनाई छ ।

    यस्तै उनले हिजो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए ।

    महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार