काठमाडौं । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा शुक्रबार १० सदस्य मनोनयन गरेका हुन् ।
मनोनीत सदस्यहरूमा जगदिशबहादुर पाल, इञ्जिनियर विनोद देवकोटा, लव ढुङ्गाना, गोरखबहादुर केसी, टीएल रिजाल, इञ्जिनियर धर्मनारायण शाह रहेका छन् ।
यस्तै इञ्जिनियर प्रमोद दवाडी, इञ्जिनियर विकास अधिकारी, पुष्पा शेरचन र तिलविक्रम चेम्जोङ रहेका पार्टीका केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Leave a Reply