Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि संलग्न गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

    सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि संलग्न गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 345
    SHARES

    काठमाडौं । प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो।



    उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको सीआईबीले जनाएको छ ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संलग्न रहेको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रहरीले खनाललाई पक्राउ गरेको हो ।

    खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो ।

    उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको सीआईबीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री लामिछाने समेत हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार