Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    धादिङको थाक्रेका भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 87
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङको थाक्रे गाउँपालिका-६ मा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।



    घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



    बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

    सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए ।

    घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार