Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

    रवि लामिछानेको पक्राउविरुद्ध काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 183
    SHARES

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

    सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेपछि रास्वपाका कार्यकर्ताहरु प्रदर्शन उत्रिएका हुन् ।



    विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।



    सभापति लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।

    गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप छ।

    कास्की प्रहरीले उनीमाथि संगठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

    शुक्रबार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीसहित नेताहरूको अगुवाइमा प्रदर्शन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार