Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाल विद्युत् प्राधिकरणले काट्यो ३४ उद्योगहरुको लाइन

    नेपाल विद्युत् प्राधिकरणले काट्यो ३४ उद्योगहरुको लाइन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 93
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ उद्योगहरुको विद्युत् लाइन काटेको छ ।

    प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको हो ।



    गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।



    यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेका थिए भने ३४ उद्योगहरुले वक्यौता तिर्न आनाकानि गरेका थिए ।

    बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

    दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन काटिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार