Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालिका बलात्कारको आरोपमा जिप चालक पक्राउ

    बालिका बलात्कारको आरोपमा जिप चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 189
    SHARES

    फाइल तस्विर

    स्याङ्जा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जना सवारी चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियार रहेका छन् ।



    उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



    गाउँमै जिप चलाउँदै आएका सूर्यले बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

    उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार