Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बाबुराम भट्टराईको प्रश्न – प्रचण्डलाई फेरि सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने ?

    बाबुराम भट्टराईको प्रश्न – प्रचण्डलाई फेरि सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 240
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’ को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिनु कतिको उचित हो भन्दै प्रश्न गरेका छन् ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका बाबुरामले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रश्न गरेका हुन् ।



    उनले लेखेका छन्, ‘प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेको भन्दै भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेका छन्।’



    उनले माओवादी अध्यक्ष प्रचण्डलाई फेरि संसदीय सत्तारोहणका लागि पूर्व माओवादी एक हुनुपर्ने भन्दै प्रश्न गरे ।

    उनले लेखेको स्टाटसः

    यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छः–

    पहिलो कुरा, सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुनेरु अर्को जनयुद्ध गर्नरु या भोजभतेर गर्नरु या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउनरु यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ?

    स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ। विश्व एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुककजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं। अनि किनारा पुँजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।

    यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाककचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाकक युगका कार्यभार पूरा गर्न सक्दैनौं। हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाकककी विश्वसंग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ।

    त्यसनिम्ति हामीले नयाँ युगको नयाँ कार्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाँ विकास गर्नु परेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।

    हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौंरु तर अहिले समय र परिस्थिति अनुकुल नयाकक कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ’सबै पूर्व माओवादी एक ठाउँमा आउँ’ भन्नुको के अर्थ रहन्छ ?

    दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि ( common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो। हिन्दीरउर्दू उखान– ’सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो ! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLAND: How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन।

    यदि त्यो सबै ’क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होलारुती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?

    हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन्। तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान्रु अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र ?

    अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् तरु भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ– म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुँ । देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको स्थितिमा पूर्व प्रम तथा ने का सभापति शेरबहादुर देउबा र प्रचण्डलाई बालुवाटारमा संगै राखेर स्वेच्छाले आफु चुनाव नलड्ने तर उहाँहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हुकक।

    तर चुनाव पछि एमाले– माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश पछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको सत्तालिप्साको दुष्परिणाम जगजाहेरै छ।

    फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ !! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा (नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार