Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विद्युत् प्राधिकरणले फेरि काट्न थाल्यो महसुल नतिर्ने उद्योगको लाइन

    विद्युत् प्राधिकरणले फेरि काट्न थाल्यो महसुल नतिर्ने उद्योगको लाइन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन फेरि काट्न थालेको छ ।

    गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो ।



    उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो  ।



    बिहीबार साँझ डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ ।

    किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका र अदालतबाट अन्तरिम आदेश पाएका उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार