Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले दियो एक करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिमा प्राधिकरणले दियो एक करोड

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 36
    SHARES

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

    प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बिहीबार सिंहदरबारमा सो को चेक हस्तान्तरण गरेका हुन् ।



    उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रूपमा पनि कोषमा रकम जम्मा भएको छ ।



    सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार