Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ८० हजार घूससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    ८० हजार घूससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 405
    SHARES

    बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घूससहित पक्राउ गरेको हो ।



    प्रमुख प्रशासकीय अधिकृत साहलाई सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाकाअनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो ।

    सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो। उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार