Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • चाडपर्वमा पटाका नपड्काउन काठमाडौं प्रशासनको आग्रह

    चाडपर्वमा पटाका नपड्काउन काठमाडौं प्रशासनको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 66
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहा तथा छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन आग्रह गरेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना जारी गर्दै उक्त आग्रह गरेका हुन् ।



    पौडेलले चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैंझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका छन् ।



    सूचनामा भनिएको छ, ‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत सूचित गरिन्छ।’

    त्यस्तै, कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विष्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

    पौडेलले देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न पनि आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार