Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एमालेलाई मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

    एमालेलाई मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 180
    SHARES

    काठमाडौं । नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ।

    रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेशी तोकिएको हो। अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।



    यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसपछि प्रशासनको उक्त निर्णयविरुद्ध बस्नेतले निवेदन दिएका थिए।



    मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

    भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

    गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार