Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

    म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 132
    SHARES

    पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका सभापति लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीलाई पुनः म्याद थपको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।



    ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ ।



    गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

    लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार