Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कैलालीबाट ४७ ग्राम खैरो हेरोइनसहित चारजना पक्राउ

    कैलालीबाट ४७ ग्राम खैरो हेरोइनसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 105
    SHARES

    कैलाली । कैलालीका विभिन्न स्थानबाट प्रहरीले ४७ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई टिकापुर र अत्तरिया क्षेत्रबाट पक्राउ गरिएको हो ।

    इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले टिकापुर नगरपालिका-२, बिजयनगरका २३ वर्षीय मखन चौधरीला सडकमा हिँडिरहेका बेला शंका लागि जाँच गर्दा, उनको पाइन्टको दाहिने गोजीबाट ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको बताइएको छ ।



    थप अनुसन्धानका क्रममा उनको घरमा चेकजाँच गर्दा ४३ ग्राम हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख तथा प्रहरी उपरीक्षक पदम बहादुर बिष्टले जानकारी दिए ।



    त्यसैगरी, इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले गोदावरी नगरपालिका-१, अत्तरिया क्षेत्रमा २१ वर्षीय निराजन शाहलाई शंका लागि जाँच गर्दा उनको साथबाट १ ग्राम २३० मिलिग्राम हेरोइन बरामद गरिएको उनले बताए ।

    यस्तै धनगढीबाट बैतडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४३४ नम्बरको जीपमा यात्रा गरिरहेका दिपक बिष्ट र गोबिन्द बिष्टलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    दिपक बिष्टको गोजीबाट कालो प्लास्टिकमा बेरिएको २ ग्राम ७९० मिलिग्राम हेरोइन फेला परेको एसपी बिष्टले बताए । उनीहरु चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार