Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हाशिम मारिएको हिजबुल्लाहद्वारा पुष्टि

    हाशिम मारिएको हिजबुल्लाहद्वारा पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 129
    SHARES

    एजेन्सी । हिजबुल्लाहले आफ्ना नेता हाशिम सफिद्दीन इजरायली आक्रमणमा मारिएको पुष्टि गरेको छ ।

    लेबनानमा सक्रिय आतंकी संगठन हिजबुल्लाहले हाशिमको मृत्युको पुष्टि गर्दै इजरायलले तीन साता अघि गरेको हवाई आक्रमणमा हसन नसरल्लाहका उत्तराधिकारी हाशिम मारिएको बताएको हो ।



    यसअघि मंगलबार इजरायलले हाशिम मारिएको पुष्टि गरेको थियो । तर, हिजबुल्लाहले भने बुधवार मात्रै हाशिम मारिएको पुष्टि गरेको हो ।



    इजरायली सेनाले गत ४ अक्बटुबरमा गरेको आक्रमण पछि नेता हाशिम सम्पर्कबिहीन भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार