Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • तिहारमा काठमाडौँमा प्लास्टिकको माला बिक्री वितरण गर्न नपाइने

    तिहारमा काठमाडौँमा प्लास्टिकको माला बिक्री वितरण गर्न नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 60
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका माला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    महानगरले आज एक सूचना प्रकाशित गर्दै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसार–पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्री, वितरण, भण्डारण र प्रयोगमा पूर्ण रूपमा निषेध गरिएको जानकारी गराएको हो ।



    महानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै यो नीति रहेको स्मरण गरायो ।



    प्लास्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था गर्न सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता तथा सर्वसाधारणको अनुरोध गरिएको छ ।

    महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार