Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • माओवादी सत्ता वियोगको छटपटीमा छ, जे कुराको पनि विरोध गर्न थाल्यो : शंकर पोखरेल

    माओवादी सत्ता वियोगको छटपटीमा छ, जे कुराको पनि विरोध गर्न थाल्यो : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, ८ कार्तिक २०८१
  • 81
    SHARES

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको बताएका छन् ।

    बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले यस पटक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिएको बताए ।



    यस्तै माओवादी केन्द्र सत्ता वियोगको छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको उनको आरोप छ । संकटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताए ।



    माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए । पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार