Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि…

    सीआईबी प्रमुखको नाम र फोटो राखेर धम्की दिएपछि…

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 141
    SHARES

    काठमाडौं । प्रहरीले सीआईबीका प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर विभिन्न व्यक्तिहरूलाई धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१ ठूलो मिलचोकका ३० वर्षीय हेमकुमार खड्का रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको बताइएको छ ।



    खड्काले मोबाइलको कलर आईडीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाको नाम र फोटो प्रयोग गरी ‘ब्युरोको कर्मचारी हुँ भन्दै’ फोन गरेर धाकधम्की दिने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।



    उनीमाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार