Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • किन एकैपटक फेरिए चितवनका सिडिओ र एसपी ?

    किन एकैपटक फेरिए चितवनका सिडिओ र एसपी ?

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 816
    SHARES

    काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) एकैपटक फेरिएका छन् । सिडिओ इन्द्रदेव यादब र एसपी भावेस रिमाललाई बुधबार सरुवा गरिएको हो ।

    चितवनको सिडिओमा प्रकाश पौडेल र एसपीमा गौतम मिश्रलाई खटाइएको छ । स्रोतका अनुसार राजनीतिक कारणले उनीहरुको सरुवा भएको हो । दुवै जना प्रचण्ड प्रधानमन्त्री हुँदा चितवन गएका थिए ।



    जसकारण प्रचण्डकै निकटताका आधारमा उनीहरु गएको बताइन्छ । सिडिओ त रवि लामिछाने गृहमन्त्री हुँदा गएका थिए । उनलाई चार महिनामै हटाइएको छ ।



    अहिले नयाँ सरकारको रणनीतिअनुसार चलाउन समस्या हुने देखेर सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    चितवन प्रचण्ड मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि गृह जिल्ला हो । लामिछानेमाथि साहारा सहकारीको अनियमिततामा चितवनमा पनि अनुसन्धान गर्न लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार