Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • टी–२० क्रिकेटमा जिम्बाब्वेले गाम्बियाविरुद्ध हान्यो ३४४ रन, तोडियो नेपालको रेकर्ड !

    टी–२० क्रिकेटमा जिम्बाब्वेले गाम्बियाविरुद्ध हान्यो ३४४ रन, तोडियो नेपालको रेकर्ड !

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 297
    SHARES

    काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।

    यस स्कोरसँगै जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको हो ।



    यसअघि नेपालले मंगोलियाविरुद्ध ३१३ रन बनाउँदै ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने टिमको कीर्तिमान राखेको थियो । बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर ३४४ रन बनाएको हो ।



    जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले मात्र ४३ बलमा १३३ रनको विस्फोटक पारी खेले । जिम्बाब्वेको विस्फोटक ब्याटिङमा गाम्बियाका बलरहरू निरिह बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार