Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रमुख प्रतिपक्षसहितका दलहरूको राष्ट्रपतिसगँ के भयो कुराकानी ?

    प्रमुख प्रतिपक्षसहितका दलहरूको राष्ट्रपतिसगँ के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 171
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार अपराह्न शीतल निवासमा उनीबीच भेटवार्ता भएको हो ।

    सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सरकारबाट भएका कमीकमजोरीबारे प्रतिपक्ष दलहरूले राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।



    माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगरले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।



    भेटमा संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आँच आउने गरी मुलुकलाई दुई दलीय अधिनायकवादतिर लैजाने षड्यन्त्र गरिरहेको र त्यसकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको भन्दै प्रतिपक्षी दलका नेताहरूले मुलुकको अभिभावक र संविधानको संरक्षकको हैसियतले राष्ट्रपति सचेत हुनुपर्ने बताएका छन् ।

    उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि ध्यानाकर्षण पत्र बुझाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार