Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रोल्पामा जिप दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा जिप दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 84
    SHARES

    फाइल तस्विर

    रोल्पा । रोल्पाको कागडाँडामा जिप दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।

    लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको हो ।



    प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।



    दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार