Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन

    प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गर्दै विपक्षी दलहरूले ‘घेराबन्दी’ गर्ने प्रयास थालेका छन् । ओली सरकारको गलत कार्यशैलीको विरोध गर्दै विपक्षी दलहरूले उनको विरोधमा संगठित रूपमा आवाज उठाउँदै छन् ।

    सरकारले सुशासनको पक्षमा काम नगरेको, भ्रष्टाचार, कुशासन, अनियमिततामा रमाउँदै जनताको चाहना र आवश्यकतानुसार काम नगरेको ठहर विपक्षी गठबन्धनको रहेको छ ।



    ओली नेतृत्वको सरकार बन्नुअघि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का बीचमा सातबुँदे सहमति भएको थियो । संसद्का दुई ठूला दलका बीचमा भएको सहमतिनुसार सरकार बने पनि सो सहमतिमा उल्लेख विषयहरू सरकार आफैंले कार्यान्वयन गर्नमा असफल रहेको बुझाइ विपक्षी गठबन्धनको छ ।



    सरकार गठनअघि दुई दलका बीचमा भएको सहमतिमा मुख्यतः राजनीतिक स्थायित्वका लागि संविधान संशोधन, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण एवं सुशासनसहितका विषय उल्लेख गरिएको छ । तर, सरकारले भ्रष्टाचारी एवं अपराधीलाई संरक्षण गर्नुका साथै साठगाँठसमेत गरेको भन्दै विरोध भइरहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार