Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

    ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 138
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘हङकङ क्रिकेट सिक्सेस’ का लागि नेपाली टोली घोषणा गरेको छ ।

    क्यान ले सन्दीप जोराको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो ।



    नेपाली टोलीमा जोरासँगै नारायण जोशी, प्रतिस जिसी, रशिद खान, लोकेश बम, विवेक यादव र दीपेन्द्र रावत छन् । नेपाली टोलीको प्रशिक्षकमा पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्ल छन् ।



    हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता आउँदो नोभेम्बर १ देखि ३ सम्म हङकङमा हुनेछ । ‘हङकङ क्रिकेट सिक्सेस’ मा नेपाल समूह ‘बी’ मा छ ।

    प्रतियोगितामा टेस्ट क्रिकेट खेल्ने ८ सहित १२ वटा टोली छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार