Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एकदिवसीय अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्‍यो नेपाल

    एकदिवसीय अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 321
    SHARES

    काठमाडौं । एकदिवसीय अभ्यास खेलमा नेपाल अमेरिकाको ‘ए’ टोलीसँग चार विकेटले पराजित भएको छ ।

    नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका ‘ए’ का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।



    यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।



    यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । अमेरिका ‘ए’ का आरिन नदकर्नीले ४ विकेट लिए ।

    अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार