Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आज कार्तिक ७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

    आज कार्तिक ७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 363
    SHARES

    काठमाडौं । आज २०८१ साल कार्तिक ७ गते बुधबारको राशिफल ।

    मेष



    नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।



    मिथुन

    नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ ।

    सिंह

    आफन्त र परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

    तुला

    स्वास्थ्य प्रति सचेत रहनु पर्छ । राज्यबाट मान सम्मान नपाइनेछ । नरमाइलो समाचार पनि सुनिएला । शुभकार्यको चर्चा चल्नेछ ।

    धनु

    आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

    कुम्भ

    आज भाग्यले साथ दिनेछ । समाजसेवामा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

    बृष

    आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    कर्कट

    आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ ।

    कन्या

    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

    बृश्चिक

    भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

    मकर

    आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

    मीन

    आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार