Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 132
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं, दाङ, र बाँकेमा जुवातास खेलिरहेका ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनै स्थानबाट ठूलो मात्रामा नगद र तासका बुकहरू बरामद गरिएको हो ।

    काठमाडौं टोखा नगरपालिका-३, धनेश्वरमा डेरा गरी बस्ने फुलमाया तामाङ (४४) को कोठामा जुवातास खेलिरहेको अवस्थामा फुलमाया सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    गोंगबु प्रहरी प्रभागबाट खटिएको टोलीले उनीहरूलाई ७० हजार रुपैयाँ नगद र ४ बुक तास सहित नियन्त्रणमा लिएको छ ।



    दाङ, घोराही उपमहानगरपालिका-१५, उषाटोलस्थित शरद लामिछाने ९६०० को घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछानेसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले ७० हजार ६६० रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।

    बाँके, राप्तिसोनारी गाउँपालिका-६, लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-६ बस्ने मेघनाथ कुचबन्दियासहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नियन्त्रणमा लिएको हो।

    सो क्रममा ३ लाख ९१ हजार रुपैयाँ नगद र १४ बुक तास बरामद गरिएको छ । तीनै घटनामा संलग्न सबै व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार