Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित

    भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 147
    SHARES

    काठमाडौं । भिस्टारा एयरको विमानमा शंकास्पद बस्तु नभएको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको हो ।

    एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम रहेको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले विमानको कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए।



    विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाजभित्र सर्च गरेको थियो भने हरेक यात्रुको बडी समेत चेकजाँच गरिएको थियो । प्रारम्भिक छानबिन र सर्चपछि कुनै शंकास्पद वस्तु फेला नपरेको बताइएको छ ।



    शंकास्पद् बस्तु फेला नपरेपछि भिस्टारा एयरलायन्सको विमान नयाँ दिल्ली फर्किएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार