Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • २५ अंकले नेप्से बढ्दा ४ अर्ब बढीको सेयर किनबेच

    २५ अंकले नेप्से बढ्दा ४ अर्ब बढीको सेयर किनबेच

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 78
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ।

    आज सूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको हो।



    यसदिन ३१४ स्क्रिप्सको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा खरिदबिक्री भए।



    सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ।

    यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्।

    मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार