Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • स्कुल बसको ठक्करबाट धनुषामा एक विद्यार्थीको मृत्यु

    स्कुल बसको ठक्करबाट धनुषामा एक विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 111
    SHARES

    फाइल तस्विर

    धनुषा । स्कुल बसको ठक्करले धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

    धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो।



    मंगलबार बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले गाउँकै अर्को विद्यालय पढ्न जाँदै गरेकी आरोहीलाई ठक्कर दिएको धनुषा प्रहरीले जनाएको छ ।



    ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

    आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार