Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • राष्ट्रिय उद्धार यात्रा : मधेस र कोसी प्रदेशबाट ८४ जनाको उद्धार

    राष्ट्रिय उद्धार यात्रा : मधेस र कोसी प्रदेशबाट ८४ जनाको उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 72
    SHARES

    पर्सा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोसी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।

    मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गरेका थिए ।



    उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोसी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिए ।



    अध्यक्ष अधिकारीले कोसी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिए । यो अभियान यही कात्तिक २८ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार