Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • स्रोत नखुलेको साढे २० लाख भारुसहित दुईजना भारतीय समातिए

    स्रोत नखुलेको साढे २० लाख भारुसहित दुईजना भारतीय समातिए

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 114
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    जिल्लाको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट सोमवार साँझ २ वटा भारतीय नम्बर प्लेटको गाडी नेपाल भित्रिएको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित राईगट जिल्लाका ३३ वर्षीय सलमान कुरैशी र ३९ वर्षीय उमेश सखराम रहेका छन् ।
    युपी ४५ एएस ६६६३ र युपी ४२ डीटी ५७२१ नम्बरको भाडाका गाडीमा ती दुईजनासहित ६ जना सवार थिए।



    सलमानको झोलाबाट ८ लाख र सखरामको झोलाबाट साढे १२ लाख भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार