Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

    अध्यादेश ल्याएर कुनै पार्टी एमालेमा मिलाउने हाम्रो योजना छैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, ६ कार्तिक २०८१
  • 180
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा एमालेमा मिलाउने योजना नरहेको स्पष्ट पारेका छन् ।

    सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।



    ‘विगतमा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुनसक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,’ उनले भने।



    प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्ने विषयमा समान मत देखिएको उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार