Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • ४० सहसचिवको सरुवा, गृहमा तीन नयाँ सहसचिव भित्रिए

    ४० सहसचिवको सरुवा, गृहमा तीन नयाँ सहसचिव भित्रिए

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 708
    SHARES

    काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न विभागका महानिर्देशक समेत हटाइएका छन् ।

    अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने भुमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ ।



    गृह मन्त्रालयमा तीन नयाँ सहसचिव लगिएको छ ।



    उपराष्ट्रपति कार्यालयका तोयनाराण सुवेदी, कर्णाली प्रदेशका दीर्घ बहादुर पोखरेल र लुम्बिनी प्रदेशमा कार्यरत सहसचिव विनोद कुमार खड्काको गृहमा सरुवा भएको हो ।

    गृहमा कार्यरत राजेन्द्रेव पाण्डे, जितेन्द्र बस्नेत र नारायण प्रसाद अर्यालको अन्य मन्त्रालयमा सरुवा भएको छ ।

    त्यस्तै, उद्योग विभागका महानिर्देशक यज्ञ कोइरालाको पनि राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ।

    सहसचिवहरूको सरुवा विवरण :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार