Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • सरकारले भ्रष्टाचार नियन्त्रणमा जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

    सरकारले भ्रष्टाचार नियन्त्रणमा जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 63
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका छन् ।

    जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताए।



    सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाई छ ।



    आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँने र सय दिन भएपछि विरोध सुरु हुने उनले बताए ।

    वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ छ ।

    पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै उनले यो अस्वाभाविक भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार