एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मालोर्का, एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् ।
हिजो भएका खेलमा मालोर्कोले रोयो भालेकानोलाई १–० गोलले हरायो । यस्तै एथ्लेटिको मड्रिडले लेनानेसलाई ३–१ गोलले हरायो ।
हिजो भएका भिलारियल र गेटाफेबीचको खेल भने १–१ गोलको बराबरीमा सकिएको छ ।
यस्तै आज बिहान भएको खेलमा बार्सिलोनाले सेभिलालाई ५–१ गोलले हरायो । ला लिगामा बार्सिलोना १० खेलमा २७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
Leave a Reply