Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दल

    आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दल

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 183
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विपक्षी दलहरूहरुले आज संयुक्त रुपमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

    पछिल्लो समय एकै ठाँउमा उभिएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको संयुक्त बैठकले अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेको हो ।



    उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने बताएका छन्।



    माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा बनाएको छ ।

    प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार