Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • फिल्मी शैलीमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ

    फिल्मी शैलीमा आफ्नै साथीको हत्या गरेको आरोपमा पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 120
    SHARES

    सिरहा । आफ्नै साथीको हत्या गरेको आरोपमा सिरहामा पाँचजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरुले आफ्नै गाउँकै साथी कृष्ण कुमार महरालाई हत्या गरेको आरोप छ । असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका-१० शिवचौकमा दुर्गा पूजाको अवसरमा लागेको मेला हेर्न गएका थिए ।



    कृष्णले साथीहरूको कुरा इन्कार गर्दा उनीहरू रिसाए र हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महरासमेत मिलेर ज्यान मार्ने योजनाअनुसार कृष्ण कुमार महरालाई चारैतिरबाट घेरा हाली समाती धारिलो कैँचीले घाटी तथा पेटमा रोपी अमानवीय हिसाबले क्रुर यातना दिई हत्या गरेका हुन्।

    अपराधबाट बच्नको लागि उनीहरूले गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनेर कृष्णको कम्मरभन्दा माथिको भाग बालुवाले छोपी फरार भएका थिए । असोज २८ गते उनको शव हत्या गरेको अवस्थामा फेला परेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नैबाट हत्या भएको पुष्टि भएको ।

    घरमै लुकेर बसिरहेका हत्या आरोपितहरूलाई शुक्रबार नै पक्राउ गरेको हो। आइतवार अदालतबाट म्याद थप गरी उनीहरुलाई सार्वजनिक गरिएको छ । साथै प्रहरीले अदालतबाट म्याद थप गरि अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार