Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • साफ महिला च्याम्पियनसिप : आज माल्दिभ्ससँग भिड्दै नेपाल

    साफ महिला च्याम्पियनसिप : आज माल्दिभ्ससँग भिड्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 195
    SHARES

    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ ।



    समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ।



    समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार