Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 99
    SHARES

    काठमाडौं । अमेरिकाले टी-२० सिरिजको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।

    सोमबार अमेरिकाको डालासमा भएको टी-२० शृंखलाको तेस्रो खेलमा अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए ।



    त्यसैगरी मिलिन्द कुमार ४३ रन‍‍, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।



    नेपालका लागि सोमपाल कामीले ३ विकेट, ललित राजवंशी र रिजन ढकालले १र१ विकेट लिएका थिए । नेपालले आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने लक्ष्य लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार