Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • आजको मौसम : देशका यी स्थानमा हुने छ वर्षा

    आजको मौसम : देशका यी स्थानमा हुने छ वर्षा

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 171
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण देशको पहाडी भू भागमा आंशिक बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।



    आज दिउँसो भने लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।



    लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यस्तै आज राती पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार