Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • न्युजिल्यान्डले जित्यो महिला टी–२० विश्वकप क्रिकेटको उपाधि

    न्युजिल्यान्डले जित्यो महिला टी–२० विश्वकप क्रिकेटको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, ५ कार्तिक २०८१
  • 150
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

    गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो ।



    यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो ।



    महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । यस्तै इङ्गल्यान्ड पहिलो संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ को विजेता हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार