Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • ४७ अंकले नेप्से घट्दा ८ अर्ब १८ करोडको कारोबार

    ४७ अंकले नेप्से घट्दा ८ अर्ब १८ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 90
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ।

    नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा अडिएको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको थियो।



    सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो। नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा बढेको छ।



    आज ३१५ स्क्रिप्सको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए।

    दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन सबै समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।

    फाइनान्स समूहको उपसूचक सर्वाधिक ४ प्रतिशतले घट्यो। कारोबारमा आएका १८ स्टक्सको मूल्य बढ्दा २२६ वटाको घटयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार