Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • मनाङमा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु

    मनाङमा लेक लागेर एक जना विदेशी पर्यटकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 63
    SHARES

    फाइल तस्विर

    मनाङ । मनाङमा लेक लागेर एक जना पर्यटकको मृत्यु भएको छ।

    ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिको मृत्यु भएको हो ।



    चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।



    राति सकुशल सुतेका उनी बिहान मृत भेटिएपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरीले पर्यटक मृत भेटिएको सूचनापछि प्रहरी पुगेको थियो ।

    त्यस क्षेत्रमा हेलिकप्टरबाट थप १० जना विदेशी २३ जना नेपाली नागरिकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार